Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतबाट रेल ल्याएर नेपालको रेलको घुम्टो खोलिदै

    भारतबाट रेल ल्याएर नेपालको रेलको घुम्टो खोलिदै

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.9K
    SHARES

    जनकपुरधाम । सरकारले जयनगर–जनकपुर–कुर्था रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएर शुरु गरेको छ ।

    आईतबार जयनगरबाट १२० को स्पीडमा कुर्थासम्म परीक्षण गरिएको हो । रेलवे ट्रयाकको स्पीड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएको छ ।



    जनकपुर हुंदै अहिले रेल कुर्था पुगेको हो । उक्त रेलमा नेपाल र भारतका अधिकारीहरु सहभागी छन् । निर्माणाधिन अबस्थामा रहेको रेल्वे ट्रयाकको स्पिड परीक्षण कुर्थाबाट शुरु हुने रेल्वे विभागका इन्जिनियर बिनोद ओझाले जानकारी दिए ।



    जयनगरदेखि कुर्थासम्मको दुरी ३४ किलोमिटर रहेको छ । रेल १२० किलोमिटर प्रतिघण्टा स्पिडमा कुदाएर ट्रयाकको गुणस्तर परीक्षण गरिने इन्जिनियर ओझाले बताए । उनले सरकारले खरिद गरेको रेल ट्रयाक परीक्षण गर्ने खालको नभएकाले अर्को रेल भारतबाट ल्याइएको उनले बताए ।

    सरकारले १० महिना अगाडी किनेर ल्याएको दुई सेट रेल इनर्वा स्टेशनमा थन्काएर राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार