Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओलीविरुद्द उत्रिदै गौतमले भने – स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत हो

    ओलीविरुद्द उत्रिदै गौतमले भने – स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत हो

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् ।

    उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताए ।



    एमालेको आज बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयविरुद्द धारणा राख्दै गौतमले भने,’धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गल्ती हुन्छ’ ।



    अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र सहभागी भएको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो ।

    गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न बस्ने संसद बैठकमा विश्वासको मत लिंदैछन् ।

    संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार