Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ओलीले राष्ट्रपतिलाई १५३ भनेर ३ जनाको हस्ताक्षर बुझाएको प्रचण्डको खुलासा

    ओलीले राष्ट्रपतिलाई १५३ भनेर ३ जनाको हस्ताक्षर बुझाएको प्रचण्डको खुलासा

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहणको बिषयमा देखिएको बिषयलाई लिएर नैतिकताको प्रश्न उठाएका छन् ।

    आज प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवाको सपथ ग्रहणमा निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिलाई लिएर नैतिकताको प्रश्न उठाएका हुन्।



    यस्तै, पूर्वप्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिलाई स्मरण गर्दै संसदमा प्रश्न गरे, ‘पार्टीको विवादका कारण संसद विघटन गर्न पाइन्छ ?आफूले पार्टी एकता र पार्टी समायोजनको कुरा अगि सरेर गल्ति गरेको गल्ति भएको महसुस गर्दै प्रचण्डले भने, ‘माओबादी पार्टी र सात राजनीतिक दलबीच भएको शान्ति सम्झौताको स्मरण समेत गरे।



    यसैगरी, संसदमा पूर्वप्रधानमन्त्री ओलीलाई प्रश्नको चाङ थुपारेका प्रचण्डले फरक अर्थ नलाग्ने सन्दर्भमा जनताको मुटुमा ओलीले छुरा प्रहार गरेको भन्दै इतिहासले त्यसबारे मुल्यांकन गर्ने बताए।

    उतिबेला ओलीले १५३ जना भनेर ३ जनाको हस्ताक्षर गरेको र बिपक्षी गठबन्धनले १४९ जनाको हस्ताक्षरसहित उपस्थित हुँदा पनि राष्ट्रपतिले उचित न्याय नदिएको भन्दै सर्वोच्चले न्याय दिएको प्रचण्डले प्रष्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार