Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • धनुषामा ट्रयाकमा आएका बाख्रा र खँसीलाई किच्दै दौडियो रेल

    धनुषामा ट्रयाकमा आएका बाख्रा र खँसीलाई किच्दै दौडियो रेल

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 2.7K
    SHARES

    आर एन यादव/ जनकपुरधाम । रेल्वे ट्रयाकको स्पिड टेष्ट परीक्षण पूर्ण सफल भएको रेल्वे कम्पनीका महाप्रबन्ध गुरु भट्टराईले बताएका छन् ।

    ट्रयाक परीक्षण अन्तिम रहेको आइतबार गरिएको परीक्षण सफल भएको बताए । उनले परीक्षणको क्रममा रेलको लीक (पटरी)मा कुनै समस्या नदेखिएको उनले बताए ।



    आइतबार विहान ११ बजेर १५ मिनेटमा रेलको इन्जिन लिएर जनकपुर हुँदै कुर्था सम्मको रेलको ट्रयाक परीक्षण गरिएको हो । रेलवे ट्रयाकको परीक्षण सफल भएको भन्दै महाप्रबन्धक भट्टराईले आपूmहरुले यही महिना भित्र रेल हस्तान्तरण गर्ने बताए ।



    रेलवे संचालनका लागि मन्त्रालय नै खाली भएको तथा कर्मचारी नभएको कारण अहिले नै चल्ने अवस्था नरहेकोले यही महिनाभित्र रेल संचालनमा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

    रेल्वेको ट्रयाक टेष्ट आइतबार विहान गरिएको छ । धनुषाको इनर्वा हल्टबाट छुटेको रेल्वेले ट्रयाकमा आएको पशुचौपायालाई किच्दैँ पार भएको छ ।

    आइतबार बिहान ११ ः १५ बजे समयमा जनकपुर रेल्वे खजुरी महुवास्थित ट्रयाकमा रहेको एक खँसी र एक बाख्रालाई काटदै पार भएको स्थानीयहरुले जनाएको छ । ११ः४८ बजे कुर्था स्टेशन पुगेको हो । कुल ३३ मिनेटमा १२० किलोमिटर प्रति घण्टाको स्पीडले कुर्था पुगेको जनाईएको छ ।

    रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले आफ्नो फेसबुक र सूचना जारि गरि साउन ३ गते रेल्वे ट्रयाकको परीक्षण हुने भन्दै ट्रयाकमा गाई, भैँसी, बाख्रा र बालबालिकाहरुलाई नछाडन आग्रह गरेका थिए ।

    आइतबार गरिएको ट्रयाकको स्पीड टेष्टको क्रममा खजुरीबाट निस्कदैँ महुवास्थित रहेको ढल्ला नजिकै ट्रयाकमा रहेको बाख्रा र खँसीलाई किच्दै पार भएको हो ।

    खजुरी स्टेशनदेखि केही पश्चिम महुवा स्थित ट्रयाकमा आउन खोजेको खँसीलाई झटकाले नै मृत्यु भएको तथा ट्रयाक चढन खोजेको बाख्राको घाँटी छिनिएको हो । ११ बजे समयमा छुटेको रेल्वेको ट्रयाक स्पीड टेष्ट जनकपुर हुँदै कुर्थासम्म गरिएको हो ।

    ३३ मिनेटको अन्तरालमा खजुरीदेखि कुर्थासम्म अन्य कुनै ठाउँमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त एवं डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार