Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी

    पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । पहिलो एकदिवसीय क्रिकेटमा भारतले श्रीलङ्कालाई सात विकेटले हराएको छ ।

    जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । कोलम्बोमा गएराति श्रीलङ्काले दिएको २६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छँदै भेट्टायो ।



    भारतका लागि कप्तान शिखर धवन र इशान किसनले अर्धशतकीय पारी खेले । धवनले ८६ र किसनले ५९ रन बनाए । यस्तै पृथ्वी शले ४३, सूर्यकुमार यादवले ३१ र मनिष पाण्डेयले २६ रन जोडे ।



    श्रीलङ्काका लागि धनञ्जय सिल्भाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाएको थियो ।

    श्रीलङ्काका लागि चामिका करुनारत्नेले ४३, कप्तान डसुन शनकाले ३९, चारिथ आश्लन्काले ३८, मिनोद भानुकाले २७ र भानुका राजपाक्षेले २४ रन बनाए ।

    भारतका दिपक चाहर, युजभेन्द्र चाहल र कुलदीप यादवले दुई दुई विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार