Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • टी–२० क्रिकेटमा ङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

    टी–२० क्रिकेटमा ङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । इङ्ग्ल्यान्डले दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ ।

    लिड्समा गएराति इङ्ग्ल्यान्डले दिएको २०१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनायो । पाकिस्तानका मोहमद रिजवानले ३७, शादब खानले ३६, कप्तान बाबर आजम २२ तथा इमाद वासिमले २० रन बनाए ।



    इङ्ग्ल्यान्डका साकिब महमुदले ३ तथा मोइल अली र आदील राशिदले दुई दुई विकेट तथा टोम करन र माट पाकिर्नसनले एक एक विकेट लिए ।



    यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो । इङ्ग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय पारी खेले भने लियाम लिभिङस्टोनले ३८, मोइन अलीले ३६, क्रिस जोर्डनले १४ रन जोडे ।

    पाकिस्तानका मोहमद हासनेनले ३ विकेट लिए भने हरिस राउफ र इमाद वासिमले दुई दुई विकेट लिए । यस्तै शहेन साह अफ्रिदी र शादब खानले एक एक विकेट लिए ।

    जितसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो टी–ट्वान्टीमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ३१ रनले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार