Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आजदेखि ‘जोन्सन’ खोप लगाइँदै

    आजदेखि ‘जोन्सन’ खोप लगाइँदै

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौमा आजदेखि कोरोना विरुद्धको अमेरिकी खोप जोन्सन लगाइने भएको छ ।

    अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सेन खोप एक मात्रा लगाए पुग्छ । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो ।



    खोप लगाउन ४४ खोप केन्द्र तोकिएका छन् । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।



    पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार