Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • डीआइजीको दौडमा रहेका एसएसपीमाथि उजुरी

    डीआइजीको दौडमा रहेका एसएसपीमाथि उजुरी

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 4.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा एक डीआइजीको पदरिक्त छ । सहकुलबहादुर थापा एआइजीमा बढुवा भएपछि रिक्त एक डीआइजी पदमा बढुवाका लागि ५ एसएसपीबीच प्रतिस्पर्धा छ । एसएसपीहरु संदीप भण्डारी, उमेशराज जोशी, टेकप्रसाद राई, दीपक थापा र श्यामलाल ज्ञवाली डीआइजी बढुवाका आकांक्षी हुन् । बढुवाका लागि ११ नम्बरका भीम ढकाल पनि शक्तिकेन्द्र धाइरहेका छन् । एआइजी जस्तै डीआइजीका दरबन्दी बढाएर बढुवा गर्ने चलखेल पनि भइरहेको थियो ।

    तर केपी ओलीको सरकार सर्वोच्च अदालतको परमादेशले बर्खास्त भएपछि डीआइजी बढुवाका दाबेदारहरु यसअघिको भन्दा फरक ढंगले लाग्न थालेका छन् ।



    यसैबीच, बढुवाका दाबेदार एसएसपी श्याम ज्ञवालीबिरुद्ध अनुसन्धानमा बदनियत राखेको उजुरी परेको छ । त्रिभुवन विश्वविद्यालयका एक विद्यार्थी आशिष पौडेलले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालयलगायतका निकायमा उजुरी दिएका छन् । उनले उजुरी दिएको लामो समय बितिसक्दा पनि एसएसपी ज्ञवालीबिरुद्ध कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।



    ज्ञवालीमाथि त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोप उजुरीमा लगाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको एसएसपी हुँदा ज्ञवालीलगायत प्रहरी अधिकारीविरुद्ध त्रिविमा स्नातकोत्तर भौतिकशास्त्र अन्तर्गत क्वान्टम मेकानिक्सका विद्यार्थी आशीष पौडेलले उजुरी दिएका थिए ।

    पौडेलले एसएसपी ज्ञवालीसहितका अधिकारीबिरुद्ध आइजीपी शैलेश थापा क्षेत्री समक्ष उजुरी दिएका थिए । तर, आइजीपी क्षेत्रीले कारबाही गर्न तदारुकता नदेखाएपछि तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष उजुरी दिएका थिए ।

    एसएसपी ज्ञवालीमाथि काठमाडौं परिसरको प्रमुख हुँदा हुन्डी कारोबारी विकास अग्रवाललाई भगाएको आरोप पनि लागेको छ । तत्कालीन काठमाडौं परिसरका एसएसपी ज्ञवाली र डीएसपी देवी पौडेलले हुन्डीको कारोबार गर्ने गरेको सूचना दिने विद्यार्थी सौरभ अधिकारी र रेणु श्रेष्ठविरुद्ध डकैती मुद्दा चलाएका थिए । हुन्डी कारोबारी विकास अग्रवाललाई उन्मुक्ति दिएका थिए ।

    हुन्डी कारोबारीलाई नै जाहेरवाला बनाई सूचना दिने निर्दोष सहकारीका कर्मचारी र विद्यार्थी सौरभलाई उनले डकैती मुद्दा दायर गरी फसाएका थिए । प्रहरीले फसाए पनि अधिकारी र श्रेष्ठलाई अदालतले निर्दोष भनी सफाइ दिएको थियो ।

    २०७७असार७ मा महानगरीय अपराध महाशाखाले न्यूरोडमा विकास अग्रवालबाट इलेक्ट्रोनिक्स पसलबाट १० लाख रकम लुटेको अभियोगमा परिसरका दुई घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दलाई पक्राउ गरेको थियो ।अनुसन्धानमा इलेक्ट्रोनिक्स पसलका मालिक बिकाश अग्रवाल हुण्डीका कारोबारी भएको खुलासा भएको थियो । तर, परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीको योजनामा डीएसपी पौडेलले हुण्डीवाला अग्रवाललाई जोगाएका थिए भने अग्रवालकै योजनामा हुण्डीको सूचना प्रहरीलाई दिनेसहकारीका कर्मचारी सौरभ अधिकारी र रेणु श्रेष्ठविरुद्ध डकैती मुद्दा दायर गरिएको थियो ।

    विकास अग्रवाल हुन्डीका ठूला कारोबारी भए पनि प्रहरीले उनलाई जोगाएको बिषयमा समाचार आए । तर पनि प्रहरीले तिनै हुन्डी कारोबारीलाई नै जाहेरवाला बनाई दुई प्रहरी र सहकारीका २ कर्मचारीबिरुद्ध मुद्दा दायर गरेका थिए ।

    विकास अग्रवाल हुन्डीका ठूला कारोबारी हुन् भन्ने कुरा २०७७ साउन १३ मा सुनधारामा बरामद भएको सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन तथा दुई थान पेस्तोलपछि प्रष्ट भएको थियो । उक्त सुनको लेपन लगाइएको १५ किलो चाँदी र ५ सय ग्राम सुन सञ्जय पटेल, निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेल पक्राउ परे ।

    उनीहरु पक्राउपछि भारतबाट निलेश सखिया र संजय पटेलले हुन्डीको रकम विकास अग्रवाललाई पठाउने र त्यसबाट सुन खरिद हुने गरेको खुल्यो । विकास अग्रवाल हुन्डी कारोबारी भएको खुलेपछि एसएसपी ज्ञवालीको डिजाइनमा उनलाई भगाइएको थियो । उनी एक बर्षसम्म पनि पक्राउ परेका छैनन् । साँघु साप्ताहिकमा खबर छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार