Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बुहारी विनालाई प्रदेश अध्यक्ष बनाउदै प्रचण्ड ! मन्त्री पद दावी गर्दै उत्सव र तारामान

    बुहारी विनालाई प्रदेश अध्यक्ष बनाउदै प्रचण्ड ! मन्त्री पद दावी गर्दै उत्सव र तारामान

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुहारी विना मगरलाई पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्ष बनाउने तयारी थालेको खबर छ । बुहारी विनालाई पार्टीको प्रदेश अध्यक्ष बनाउन प्रचण्डले सुदूरपश्चिमका माओवादी नेताहरुसंग छलफल थालेको एक नेताले बताए । सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसललाले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएपछि सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र नेतृत्वविहीन अवस्थामा छ ।

    लेखराज भट्ट नेकपा एमालेमा गएपछि विनालाई अध्यक्ष बनाउन प्रचण्डलाई सजिलो भएको हो । उसो त प्रदेश अध्यक्षमा बैतडीका नरेन्द्र कुँवर ९विजय सुन्दर० को पनि दावी रहेको छ । उनी पनि प्रदेश अध्यक्षको दावी गर्दै प्रचण्ड निवास खुमलटार धाइरहेको खबर छ । हालको अवस्थामा उनी सिनियर र सक्रिय नेता हुन । तर प्रचण्डले विनालाई नै अध्यक्ष बनाउने सोच बनाएको खुमलटार श्रोतको भनाई छ ।



    विनालाई प्रदेश अध्यक्ष बनाउने प्रचण्डको इच्छाविरुद्ध छोरीहरु रेणु र गंगा दाहाल उभिएको श्रोतले बतायो । विनाकै विषयलाई लिएर बावु र छोरीहरु बीच खटपट सुरुभएको श्रोतको दाबी छ । विनालाई प्रदेश अध्यक्ष बनाएपछि दाहाल परिवारमा आफ्नो अवस्था कमजोर हुने बुझाई रेणु र गंगाको रहेको बताइन्छ ।



    विनाको प्रदेश अध्यक्षमा व्यवस्थापन गरेपछि इन्चार्जमा दार्चुलाका लक्ष्मीदत्त जोशीको दावी छ । र, सुदूरपश्चिमका सबैभन्दा पुराना माओवादी नेता तारामान स्वाँरलाई देउवा क्याविनेटमा मन्त्री बनाउनु पर्ने विना समूहको लविङ गरिरहेको छ । तारामान रास्ट्रिय सभा सदस्य हुन् । २०४८ मंसिर १६ मा चितवनको माडीमा सम्पन्न एकता महाधिवेशनबाट पुष्पकमल दाहाल नेतृत्वको नेकपा एकता केन्द्रमा सुदूरपश्चिमबाट एक्ला केन्द्रीय सदस्य हुन तारामान स्वाँर ।

    यौन विचलनको आरोपमा ३ पटक पार्टी कारवाहीमा परेपछि अवसरमा निकै पछि परेका स्वा“रको छवि विवास्पद रहेको र्कायकर्ताहरु बताउछन् । उनलाई मन्त्री बनाउने हल्ला चलेपछि सुदूरपश्चिमका माओवादी नेता कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

    यसैगरी प्रदेश अध्यक्षमा विजय सुन्दरको दावीसंगै उनको टिमबाट इन्चार्जमा डडेल्धुराका खगराज भट्टको नाम चर्चामा छ । समकालीन नेताहरु मध्ये खगराजको छवि स्वच्छ रहेको बताइन्छ । यो टिमबाट देउवा क्याविनेटमा कैलालीका हरिराम चौधरी उत्सवलाई अघि सारिएको खबर छ ।

    लेखराज भट्टको निर्वाचन क्षेत्र ४ का निवासी उत्सव पनि हाल राष्ट्रिय सभा सदस्य छन । उत्सव पनि आर्थिक मामिलामा विवादस्पद मानिन्छन् । भ्रष्ट कर्मचारी र तस्कर व्यापारीसंग गहिरो संगत रहेकोमा कैलालीका माओवादी नेता कार्यकर्ताहरु उनलाई मन पराउदैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार