Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • एमाले केन्द्रीय कमिटीको बैठक च्यासलमा, देउवालाई समर्थन गर्नेलाई कारवाहीको तयारी

    एमाले केन्द्रीय कमिटीको बैठक च्यासलमा, देउवालाई समर्थन गर्नेलाई कारवाहीको तयारी

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

    तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासल, ललितपुरमा जारी बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित रहेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ।



    यस्तै, आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा समेत छलफल हुने स्रोतले बताएको छ।



    यसअघि गत शुक्रबार एमालेको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने र देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमालेमा रहन नसक्ने निर्णय गरेको थियो ।

    शुक्रबार बसेको एमालेको स्थायी कमिटी बैठकले कार्यदले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव ग्रहण गर्दै एकता कार्यदल भंग गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार