Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भीम रावललाई राजीनामा फिर्ता लिन ओलीको आग्रह

    भीम रावललाई राजीनामा फिर्ता लिन ओलीको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

    आज च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताउदै राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्।



    ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने, अध्यक्ष ओलीले भने,’  अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’।



    पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।

    यस्तै, बैठकले देउवालाई मत हाल्ने सांसदहरुलाई  स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार