Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओली निकट युवा संघले माधव नेपालको सांकेतिक शव बनाएर जलाएपछि…

    ओली निकट युवा संघले माधव नेपालको सांकेतिक शव बनाएर जलाएपछि…

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध प्रदर्शन गरेको छ।

    आज दिउँसो ओलीनिकट युवासंघले नेता नेपालको निर्वाचन क्षेत्र काठमाडौँ–२ प्रदर्शन गरेको हो।



    आइतबार नेपाल पक्षले प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विरोधमा युवा संघले प्रदर्शन गर्दै नेता नेपालको सांकेतिक शव बनाएर जलाएको छ।



    प्रतिनिधि सभामा एमालेका २२ जना सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।

    पछिल्लो समय ओली निकट युवासंघले नेता नेपालको घर घेर्नेदेखि लिएर पुत्ला दहन गर्दै आइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार