Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रदेश २ मा एआईजीले संरक्षण गरेका घुमुवा प्रहरीको आतंक , यसरी हुन्छ लाइन मिलाएर तस्करी !

    प्रदेश २ मा एआईजीले संरक्षण गरेका घुमुवा प्रहरीको आतंक , यसरी हुन्छ लाइन मिलाएर तस्करी !

    अनलाइन नेपाल
  • सोमबार, ४ साउन २०७८
  • 5.9K
    SHARES

    धनुषा। प्रदेश नं २ का घुमुवा प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखियाले धनुषा जिल्लामा आतंक मचाएका छन् । प्रदेश नम्बर २ बाट धनुषा हेर्ने गरि प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखिया घुमुवाको रूपमा परिचालन छन् ।

    धनुषा जिल्लाका विभिन्न नाकाबाट प्रहरीको घुमुवा हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखियाको सेटिङमा खुलेयाम तस्करी भैरहेको छ। २ वर्ष भन्दा लामो समयदेखि धनुषामा घुमुवा भएर बदनाम भएका प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र विजय मुखिया पावर लगाउदै धनुषामा आतंक मच्चाएको स्रोतले वतायो ।



    घुमुवा हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी हवल्दार विजय मुखियाले धनुषाको विभिन्न नाकाबाट काम गर्ने व्यापारीहरूलाई तस्करीको लाइन दिएर लाखौ लाख उठाई रहेका छन । तस्करीको लाइन पाउने व्यापारीहरूमा धनुषाको तारापटी बस्ने सुरेश साह नामको व्यापारीले धनुषाको मैनाथपुर ,दुबही, इटहर्वा, तरही नाका बाट कपडा, स्याउ, मरिच, हाडवेयर ,सुर्ती, पान पराग जस्ता लाइन पाएका छन् । त्यस बापत ४ लाख महीनबारी दिएर लाइन चलाएको स्रोतको दाबी छ ।



    स्रोतका अनुसार धनुषाको दुबही गाउ बस्ने चाची नाम गरेका तस्करका छोरा राजीव महासेठले धनुषाको मैनाथपूर,दुबही नाकाबाट स्याउ, कपडा मटर, मरिच ,रक्सी, तेल, किराना आइटम, लगायतको लाइन दिएवापत ४ लाख दिएर तस्करीलाई निर्वाध रुपमा संचालन गरेका छन् । धनुषाको नगराईन नगरपालिका लवटोली बस्ने सुल्तान मियाले धनुषाको डेवडीहा,जमुनी नदी, महादेवपटी नाकाबाट पानपराग,सुपारी, किरानाको लाइन पाएवापत घुमुवा प्रहरीलाई १ लाख दिएको स्रोत वताउँछ  ।

    स्रोतका अनुसार धनुषाको फूल्गमा बस्ने उमेश साहले धनुषाको लग्मा जटहि, मुखियापटीबाट मोबाईल, मरिच, स्याउ, रक्सी, हुण्डीको पैसा, किराना आईटमको लाइन पाएवापत १ लाख दिएर लाइन पाएका छन् भने धनुषाको जद्कूहा बस्ने गफार मियाको छोरा कलाम मियाले धनुषाको खजुरी, महूवा, बलहा, कढाल नाका बाट कपडाको लाइन मोटो रकम बुझाएर लाइन पाएका छन् ।

    धनुषाको नईम मियाले धनुषाको तरही ,धनौजी, बहूआर्वा नाकाबाट कपडा तथा लागूऔषधको करोबार गरेको आरोप छ। तर लागूऔषध मुद्दामा फरार अपराधी भए पनि हवल्दार सुरेन्द्र ठाकुरसँग मिलीजुली आर्थिक लोभमा पारेर काम गरिरहेका छन् । धनुषाको बर्तूलाह खातुन नाम गरेका व्यापारी धनुषाको तरही ,इटहर्वा, बहूआर्वा नाकाबाट कपडा, जुताचपलको लाइन पाएका छन् । धनुषा बस्ने धर्मेन्द्र साह धनुषाको तरही ,इटहर्वा, धनौजी नाकाबाट कपडाको लाइन पाएका छन्।

    यि व्यापारीहरु धनुषाको मुख्य व्यापारी हुन । हवल्दार सुरेन्द्र ठाकुर र जवान विजय मुखिया नामका घुमुवाले यी व्यापारीबाट एक लाख देखि चार लाख सम्म उठाईरहेको चर्चा धनुषामा चलिरहेको छ । प्रदेश प्रहरी घुमुवाको तर्फबाट धनुषाको घुमुवाको रूपमा खटिएका बारा जिल्ला निवासी ठाकुरले असुली धन्दाबाट नै जनकपुरको ४ नः वडा कटइया चौरी भन्ने स्थानमा ४० लाखमा भन्दा माथिको जग्गा किनेर झण्डै ४० लाखको हाराहारीमा घर बनाएका छन् ।

    त्यस्तै दुई नम्बर कमाइबाट जनकपुरको मुसहरी टोलमा पनि २५ लाख बराबरको ८ धुर जमिन किनेका छन् ।  प्रदेश नम्बर २ मा सबैभन्दा बढी घुमुवा राखिने गरेको छ । नेपाल प्रहरी प्रदेश प्रमुख र जिल्लाका हाकिमहरूले घुमुवा राखी अतिरिक्त आम्दानी लिने गरेको आरोप लाग्दैआएको छ । अपराधी पत्ता लगाउनका लागि सिभिल ड्रेसमा सूचना संकलन गर्न खटाउने गरेका प्रहरीको काम बढी अपराधीसँग मिलेर रकम लेनदेन गर्ने आरोप छ । नेपाल प्रहरीमा अनौपचारिक पोशाकमा खटिनेलाई घुमुवाको संज्ञा दिने गरिएको छ ।

    घुमुवा प्रहरी पछिल्ला दिनमा इन्चार्जका अतिरिक्त कमाइका माध्यम हुँदैआएका छन् । प्रहरी हवल्दार सुरेन्द्र ठाकुरको दरबन्दी ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरी रहेको छ भने प्रहरी जवान विजय मुखियाको दरबन्दी जिल्ला प्रहरी कार्यालय सप्तरी रहेपनि दरबन्दी नगई पावरको भरमा प्रदेश घुमुवा मा बसेका छन् ।  लामो समय देखि उनीहरु प्रदेश २ को घुमुवा छन् । विजय मुखिया  २ वर्ष देखि प्रदेश घुमुवाको रुपमा काम गरिरहेका छन् । र घुमुवा विजय मुखिया तत्कालिन डीआईजी (हालका एआईजी)प्रधुम्न  कार्कीको पालामा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत हुँदा कपडा तस्करी घुस काण्डमा परी ६ महिनाको लागि निलम्बन परेका बदनाम हुन । घुमुवा प्रहरी जवान सुरेन्द्र ठाकुरले डिलिङ गर्नको लागि अरुको नाममा  रहेको ९८१९६५५१३५ को एनसेलको सिम प्रयोग गरि व्यापारीसँग असुली धन्दा चलाएका छन्।

    तस्करीको अखडाका रूपमा चिनिने खासगरी दुई नम्बर प्रदेशमा अहिले पनि खुलेआम तस्करी भैरहेको छ। नेपाल प्रहरीको डिआइजी उमेश रन्जितकार केही दिन अगाडि मात्रै सरूवा भएर आएका छन् । अब डिआइजी र आइजिपीले कस्तो कारवाही गर्छन् त्यो हेर्न बांकी नै छ ।

    त्यति मात्र होइन घुमुवा हवल्दार सुरेन्द्र ठाकुर र विजय मुखियाको दरबन्दी धनुषा नभएर सप्तरी जिल्लामा हो । दरबन्दी नभएको प्रहरीलाई राखेर तस्करी गराई रकम असुली अभियान प्रदेश प्रहरीमा चलेको छ। अब डिआइजी रन्जितकारले उनलाई राख्छन् या हटाउंछन् ?  त्यो हेर्न बांकी नै छ।

    विगत २ बर्षदेखि प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी जवान विजय मुखिया घुमुवाको रूपमा परिचालित छन् ।प्रहरी संगठनमा ठाकुर र मुखिया जस्ता एकाध पात्र छन्, जो दर्जामा कनिष्ट भए पनि चलखेलका हिसाबले डीआइजीको भन्दा बढी सम्पत्ति कमाइसकेका छन् । तिनैमध्येमा पर्दछन्, ठाकुर र मुखिया । प्रदेश न २ मा डिआइजी रंजितकार आए पछि कयौ घुमुवा हटाईएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार