Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • दक्षिण अफ्रिकाद्वारा आयरल्यान्ड ३३ रनले पराजित

    दक्षिण अफ्रिकाद्वारा आयरल्यान्ड ३३ रनले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 2.8K
    SHARES

    एजेन्सी । घरेलु टोली आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको छ ।

    दक्षिण अफ्रिकाले दिएको १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।



    बेरी म्याककार्थी ३० तथा जोस लिटल १५ रनमा अविजित रहे । कप्तान एन्डी बलब्रिनेले २२ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ विकेट लिए ।



    लुंगी एनजीडी र जर्ज लिन्डेले दुई दुई विकेट लिए । डुब्लिनमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन माक्रमले सर्वाधिक ३९ रन जोडे ।

    डेभिड मिलरले २८, रस्सी भान डेरले २५ तथा क्विन्टन डी ककले २० रन बनाए । आयरल्यान्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले दुई दुई विकेट लिए ।

    जितसँगै तीन खेलको टी–ट्वेन्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खला भने १–१ को बराबरीमा सकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार