Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोटेश्वरमा नेपालसँग प्रचण्ड र उपेन्द्रको छुट्टाछुट्टै भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

    कोटेश्वरमा नेपालसँग प्रचण्ड र उपेन्द्रको छुट्टाछुट्टै भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

    मंगलबार बिहान अध्यक्ष प्रचण्डले नेता नेपालसँग झन्डै एक घण्टा कुराकानी गरेको नेपालनिकट स्रोतले जनाएको छ । नेता नेपाललाई भेटेर प्रचण्ड बाहिरिए लगत्तै जसपाका अध्यक्ष यादव नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।



    नेता नेपालसँगको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको स्रोतले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै मन्त्रिमण्डललाई विस्तार गर्ने तयारी गरिरहेका बेला गठबन्धनका नेताहरुबीच भेटवार्ता भएको हो ।



    गत आइतबार नेता नेपाल र उनका समर्थक २२ जना सांसदहरुले असार ३ गते संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार