Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अश्लिल फिल्म बनाउने शिल्पा शेट्टीका श्रीमान पक्राउ, आजै अदालतमा पेस गर्ने तयारी

    अश्लिल फिल्म बनाउने शिल्पा शेट्टीका श्रीमान पक्राउ, आजै अदालतमा पेस गर्ने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमानलाई मुम्बई पुलिसले पक्राउ गरेको छ । सोमबार राती शेट्टीका श्रीमान राज कुन्द्रालाई मुम्बई पुलिसको क्राइम ब्रान्चले पक्राउ गरेको हो ।

    मुम्बई पुलिसका अनुसार कुन्द्रा अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ‘ऐप’मार्फत रिलिज गरेको आरोपमा पक्राउ परेका हुन् ।



    व्यापारीसमेत रहेका कुन्द्राविरुद्द गत फेब्रुअरीमा क्राइम बेञ्चमा एउटा उजुरी दर्ता भएको थियो । त्यसको अनुसन्धानका क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको मुम्बई पुलिसको भनाइ छ।



    पुलिसका अनुसार मुम्बईमा कामको खोजीमा आउने सोझा सिधा केटीलाई यो कामका लागि फसाउने गरिएको छ । ठुलो फिल्ममा काम लगाउने बहानामा समेत अश्लिल फिल्ममा काम गराउने गरिएको छ । फिल्म बनेपछि मोवाईल ऐप तथा ओटीटी प्लेटफर्ममा रिलिज गरेर लाखौ कमाउने गरिएको छ ।

    प्रहरीले यो घटनाको अनुसन्धान जारी रहेको बताएको छ । शिल्पा शेट्टी र राज कुन्द्राले भने पक्राउबारे कुनै प्रतिक्रिया जनाएका छैनन्।

    कुन्द्रालाई प्रहरीले आजै अदालतमा पेस गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार