Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमाले केन्द्रीय कमिटीको बैठक आज पनि, उहीँ पुरानै एजेन्डा !

    एमाले केन्द्रीय कमिटीको बैठक आज पनि, उहीँ पुरानै एजेन्डा !

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

    गत सोमबारदेखि शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।



    यसअघिको बैठकले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।



    देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन् ।

    त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

    यस्तै आजको बैठकमा पनि यसअघिको बैठक झैँ पार्टीको आगामी रणनीतिबारे छलफल र पार्टी एकताका निम्ति नयाँ एजेन्डा तय गरिने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार