Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मदिरा पिएर डाक्टरमाथि धम्की दिने बीपी प्रतिष्ठानका अधिकृत निलम्बित

    मदिरा पिएर डाक्टरमाथि धम्की दिने बीपी प्रतिष्ठानका अधिकृत निलम्बित

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 3.7K
    SHARES

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा अधिकृत कमल रायमाझी निलम्बनमा परेका छन् ।

    आइतबार राति लेखा अधिकृत रायमाझिले मादक पदार्थ सेवन गरी प्रतिष्ठानका डा. विप्लव कार्कीमाथि दुर्व्यहार गरेपछि उनीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता भएपछि उनी निलम्बनमा परेको प्रतिष्ठानका सहायक प्रवक्ता डा.चुडामणि पोखरेलले जानकारी दिए।



    उनले डा. कार्कीको निवासमा गएर तत्काल रुम खाली गर्न धम्की दिँदै दुर्व्यवहार गरेका थिए ।



    आइतबारको घटनापछि सोमबार कार्कीले इलाका प्रहरी कार्यालय धरानमा आफूमाथि अन्याय परेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा अभद्र व्यवहारमा जाहेरी दर्ता गराएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार