Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला सीआईबीको फन्दामा

    बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला प्रतिवादीलाई पक्राउ गरेको छ।

    सीआईबीले काठमाडौं महानगरपलिका-९ पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई सोमबार पक्राउ गरेको छ ।



    उच्च अदालत पाटनको २०७७ चैत १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई सीआईबीले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो ।



    उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार