Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • खुमलटार पुगेका प्रधानमन्त्री देउवाद्वारा प्रचण्डपत्नी सीताको स्वास्थ्य लाभको कामना

    खुमलटार पुगेका प्रधानमन्त्री देउवाद्वारा प्रचण्डपत्नी सीताको स्वास्थ्य लाभको कामना

    अनलाइन नेपाल
  • मंगलबार, ५ साउन २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटारमा पुगेका छन्।

    निको नहुने पिएसपी रोगले ग्रसित सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ।  पछिल्लो समय उनी सहाराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छन्।



    सत्ता साझेदार प्रचण्ड निवास खुमलटार पुगेर प्रधानमन्त्री देउवाले प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत फोटो सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले सीताको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार