Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एकदिवसीय क्रिकेट श्रृंखला भारतलाई

    एकदिवसीय क्रिकेट श्रृंखला भारतलाई

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । श्रीलंकासँगको एकदिवसीय क्रिकेट श्रृंखला भारतले एक खेल अगाडि जितेको छ ।

    दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकालाई तीन विकेटले हराउँदै भारतले श्रृंखलामा २–० को अग्रता बनाएको छ । कोलम्बोमा गएराति भएको खेलमा श्रीलंकाले दिएको २७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो ।



    भारतका दीपक चाहर र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । चाहरले अविजित ६९ रन बनाए । त्यस्तै यादवले ५३ रनको योगदान दिए ।



    श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए । यस अघि आर प्रेमाडासा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो ।

    श्रीलंकाका लागि चारिथ आश्लन्का र अभिष्का फेर्नान्डोले अर्धशतक बनाए । आश्लन्काले ६५ तथा फेर्नान्डोले ५० रन जोडे । भारतका भुवनेश्वर कुमार र युजभेन्द्र चाहलले ३र३ तथा दीपक चाहरले २ विकेट लिए ।

    पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार