Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कोरोनाको दोस्रो डोज लगाएका विदेशीलाई साउदीमा प्रवेश अनुमति

    कोरोनाको दोस्रो डोज लगाएका विदेशीलाई साउदीमा प्रवेश अनुमति

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । साउदी अरेबियाले कोभिडको खोप लगाएका व्यक्ति मात्र साउदी अरेबिया आउन पाउने नियम लागु गरेको छ ।

    कोभिडकाबीच विभिन्न देशका यात्रुलाई प्रतिबन्ध लगाएको साउदीले कोरोना विरुद्धको दोश्रो डोज लगाएका जुन सुकै देशका नागरिकलाई पनि प्रवेश गर्न अनुमति दिएको छ ।



    यो नियम आगामी अगष्ट ९ देखि लागु हुनेछ । साउदीमा पछिल्लो समय नयाँ भेरिएन्टका कारण संक्रमितको संख्या बढ्न थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।



    साउदीले कोरोना महामारीलाई मध्यनजर गर्दै गत मे महिनादेखि यात्रा प्रतिबन्ध लगाएको थियो । साउदीले गरेको यात्रा प्रतिबन्ध फुकुवासँगै नेपालका कामदार केही हदसम्म राहत मिलेको छ ।

    साउदी अरबमा कोरोना संक्रमितको संख्या ५ लाख १२ हजार नाघेको छ । संक्रमणका कारण हालसम्म ८ हजार एक सय बढीको मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार