Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रेशम चौधरीको रिहाइका लागि बालुवाटार पुगे महन्थ, ओलीको भन्दा देउवाको भरोसा !

    रेशम चौधरीको रिहाइका लागि बालुवाटार पुगे महन्थ, ओलीको भन्दा देउवाको भरोसा !

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

    बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ठाकुरबीच भेटवार्ता भएको ठाकुरनिकट स्रोतले  जानकारी दिएको छ।



    ठाकुर निकटस्रोतका अनुसार अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँग जेलमा रहेका रेशम चौधरी, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा चासो राखेका थिए।



    प्रधानमन्त्री देउवाले संविधान र कानुनले दिने कार्य गर्न आफू तयार नै रहेको त्यसक्रममा बताए । विश्वासको मत दिएकोमा धन्यवाद दिँदै उनले मधेशका माग सम्बोधन गर्न आफू सधैं तयार रहेको बताएका थिए।

    पछिल्लो समय जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ । सो समूहले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग पनि यिनै मागहरु राखेर सरकारमा सहभागी भएको थियो। तर उक्त सरकार धेरै टिक्न सकेन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार