Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ओली सरकारले गरेको असंवैधानिक निर्णयको भारी नबोक्न देउवालाई गगनको अनुरोध

    ओली सरकारले गरेको असंवैधानिक निर्णयको भारी नबोक्न देउवालाई गगनको अनुरोध

    'झलनाथ खनालको उपचार खर्च राज्यले व्यहोर्ने भन्ने विषय गैर कानूनी हो'

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको गैर कानूनी निर्णयहरुको भारी नबोक्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन्।

    नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले ब्यहोर्ने भन्ने प्रधानमन्त्री देउवाको अभिव्यक्तिप्रति असहमति जनाउदै पूर्वस्वास्थ्यमन्त्री थापाले कानूनमा कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने व्यवस्था भएको प्रष्ट पारेका छन् ।



    ‘नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ,’ नेता थापाले भनेका छन्।



    थापाले सामाजिक संजालमा लेखेका छन्, ‘जहाँसम्म पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ। नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ । ‘झलनाथ खनाल समेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौं । मलाई विश्वास छ हाम्रो चाहना छिटै पुरा हुनेछ।

    यसअघि एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले पनि एमाले नेता खनालको उपचार सरकारले ब्यहोर्ने बताएको थियो।

    स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल भारतमा उपचारत रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार