नातिको पालामा नेपाल गरिबीको दुष्चक्रबाट बाहिर निस्कने बाबुरामको अपेक्षा

नातिको पालामा नेपाल गरिबीको दुष्चक्रबाट बाहिर निस्कने बाबुरामको अपेक्षा

अनलाइन नेपाल
  • बुधबार, साउन ६ २०७८

  • 676
    SHARES

    नातिको पालामा नेपाल गरिबीको दुष्चक्रबाट बाहिर निस्कने बाबुरामको अपेक्षा

    काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो नातिको पालामा भएपनि नेपाल गरिबीको दुष्चक्रबाट बाहिर निस्कन सक्ने अपेक्षा गरेका छन्।

    बुधबार सामाजिक संजालमा आफ्नै नातीले गरेका कार्यहरुलाई संक्षेपमा प्रस्तुत गरेका पूर्वप्रधानमन्त्री भट्टराईले गज्जबको अनुभूति शीर्षकमा यस्तो बताएका हुन्।



    ‘एक बर्षे नाति सरासर कोठामा पस्यो, दराजबाट चीन कसरी गरीबीको दुष्चक्रबाट निस्क्यो ? किताब झिक्यो, भूइॅमा बसेर उल्टोतिरबाट पढेझैं गर्नथाल्यो !’ उनले लेखेका छन्।’

    ‘मनमा लाग्यो- हाम्रो पालामा त नेपाल गरीबीको दुष्चक्रबाट बाहिर ननिस्कने नै भयो । नातिको पालामा त निस्केला कि? अनि नातिले यस्तै किताब लेख्ला कि? किताबको शीर्षक होला नेपाल कसरी गरीबीको दुष्चक्रबाट निस्क्यो ?’

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार