Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नक्कली ‘रेड बुल’को बिक्री बितरणमा संलग्न गिरोह महाशाखाको फन्दामा

    नक्कली ‘रेड बुल’को बिक्री बितरणमा संलग्न गिरोह महाशाखाको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखा काठमाडौँले प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ‘रेड बुलको बिक्री बितरणमा संलग्न एक  गिरोहलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौँ बबरमहल बस्ने प्रणव स्टोर न्यूरोडका सञ्चालक ४४ बर्षीय रबिनराज श्रेष्ठ, गंगबु बस्ने ३६ बर्षीय राजु पौडेल, काठमाडौँकै निलो पुल बस्ने शक्तिमाता स्टोर कपनका सञ्चालक ३१ बर्षीय धनबहादुर श्रेष्ठ र भक्तपुर गोठाटार बस्ने ३६ बर्षीय बिरेन्द्र चौधरी रहेका छन्।



    बुधबार बिहान महाशाखाको टोलीले क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेड बुल, फ्लेभर सेन्थेटिक ड्रिंक्स र यस्तै प्रकारका पेय पदार्थहरु उपत्यकाका बिभिन्न स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित इनर्जी ड्रिंक्स नेपालमा ल्याई बिक्री बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको जनाएको छ।



    पक्राउ परेका चारै ४ जना व्यक्तिहरुबाट २०२ कार्टुन (४८४८ थान) रेडबुल समेत बरामद गरिएको र पक्राउ परेका चारै जनालाई बरामद सामानसहित आवश्यक कार्वाहीको लागि भन्सार बिभाग पठाएको महाशाखाकाले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार