Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पेरिसडाँडामा माओवादी केन्द्रको बैठक, को-को बन्दैछन् मन्त्री ?

    पेरिसडाँडामा माओवादी केन्द्रको बैठक, को-को बन्दैछन् मन्त्री ?

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ।

    बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा सुरु भएको स्थायी कमिटीका सदस्य गणेश शाहले जानकारी दिए।



    शाहका अनुसार आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको प्रभावकारी सञ्चालन र संगठनात्मक विषयमा छलफल हुने छ।



    गत आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको बेला बसेको बैठकले मन्त्रिपरिषद्‌मा पार्टीका तर्फबाट पठाउने नामका विषयमा छलफल गर्ने बताइएको छ।

    गत असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । त्यसको भोलि पल्टै प्रधानमन्त्रीसँगै कांग्रेस र माओवादीका दुई–दुई सांसदले शपथ लिएका थिए । जसमा माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जामा पम्फा भूसाल रहेकी छिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार