Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बेपत्ता युवकको शव फेला

    बेपत्ता युवकको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 2.4K
    SHARES

    आर एन यादव / सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका वडा नम्वर ४ हरैया स्थित सरहारी पोखरीमा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।

    स्थानीय रामपृत माझीको ३० वर्षीय छोरा भुरकुर माझी पोखरीमा डुबेर मंगलबार देखि बेपत्ता रहेका थिए ।



    घटनाको जानकारी लगतै ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलि र अगर्वा गणबाट सशस्त्र प्रहरीको टोलि र स्थानीयको सहयोगमा बुधबार विहान १०:३० बजेको समयमा शव फेला परेको हो ।



    शवलाई खोजनका लागि पोखरीमा माछा मार्ने जालको सहयोगमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रहरीका अनुसार युवको मानसिक सन्तुलन ठिक नभएको कारणले यास्तो घटना भएको स्थानीहरुले बताए । घटनाको बारेमा थप अनुसन्धा भई रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार