Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सरकारमा सहभागी हुन महन्थलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

बुधबार बिहान आफ्नो मागबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष ठाकुरलाई देउवाले यस्तो आग्रह गरेका हुन् ।

भेटमा देउवाले विश्वासको मत दिएर सहयोग गरेकोमा धन्यवाद दिँदै सरकारमा पनि सहभागी भएर सहयोग पुर्याउन आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।

अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँग जेलमा रहेका रेशम चौधरी, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा चासो राखेका थिए।

विश्वासको मत दिएकोमा धन्यवाद दिँदै उनले मधेशका माग सम्बोधन गर्न आफू सधैं तयार रहेको बताएका थिए।

पछिल्लो समय जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077