Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • अबैध चाँदीका गरगहनासहित सुन पसले पक्राउ

    अबैध चाँदीका गरगहनासहित सुन पसले पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.5K
    SHARES

    धर्मेन्द्र प्रसाद यादव / विरगंज । अवैध चाँदीका गरगहनासहित एक जना वीरगंजमा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सप्तरी जिल्लाको राजविराज उ.म.न.पा.वडा नं.२ मेघरा घर भएका ४३ वर्षीय अंगत साहलाई चाँदीका गहनासहित बुधबार वीरगंजको शंकराचार्य गेटबाट प्रहरीले पक्राउ गरेको हो ।



    भारतबाट अवैधरूपमा चाँदीका गरगहानाहरु ल्याउँदै गरेको विशेष सूचना प्राप्त भई प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साह हाल चितवन खैरेनी न.पा.वडा नं.२ श्रीया ज्वेलर्सका संचालक भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाशले जानकारी दिए ।



    भारतको रक्सौलवाट वीरगंजतर्फ चाँदीका गहना लिएर आउने क्रममा आज विहान  पक्राउ गरिएकोको पर्साका डीएसपी खनालले वताए ।

    पक्राउ परेका शाहमाथि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार