Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजीनामाको घोषणा

    कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजीनामाको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सिंहले समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै राजीनामाको घोषणा गरेको बताए । सिंहले आजै बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेको जनाए ।



    ‘कांग्रेसका लागि रात दिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ,’ उनले भने, ‘ठेकदार, ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’



    ‘मैले इमान्दार कांग्रेस कार्यकर्ताको सदस्यता जोगाउन सक्दिन भने अरु जनतालाई कसरी न्याय गर्न सक्छु ? क्रियाशीलमा भएको धाँधलीका कारण म राजीनामा दिदैछु’उनले भने।

    यदि क्रियाशीलको विवाद समाधन नभए त्यसको विरुद्ध मेची महाकाली अभियान चलाउने सिंहले चेतवानी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार