Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कोरोना अपडेट

    थप ३० जनाको मृत्यु, मृतकको संख्या ९,६३७ पुग्यो

    थप ३० जनाको मृत्यु, मृतकको संख्या ९,६३७ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ४७५ जना निको भएर घर फर्केका  छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर परीक्षण गर्दा १ हजार ९१८ जना र ३ हजार ९०१ परीक्षण गर्दा ९२० गरी २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।



    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ६३७ जनाको मृत्यु भएको छ ।



    यसअघि हिजो ३,०१८ जनामा संक्रमण पुष्टि हुँदा १,५९५ जना डिस्चार्ज भएका थिए भने २५ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार