ओलीसँगको सहमति पत्रमै थन्किएपछि बालुवाटार पुगे विप्लव

ओलीसँगको सहमति पत्रमै थन्किएपछि बालुवाटार पुगे विप्लव

अनलाइन नेपाल
  • बुधबार, साउन ६ २०७८

  • 377
    SHARES

    ओलीसँगको सहमति पत्रमै थन्किएपछि बालुवाटार पुगे विप्लव

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

    पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव आज अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । बालुवाटरमा विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् ।



    गत फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् ।

    यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय डा बाबुराम भट्टराई, माधवकुमार नेपाल, एमाले अध्यक्ष ओलीसँग पनि  भेटवार्ता गरेका थिए।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार