Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • माओवादीले बोलायो केन्द्रीय समितिको बैठक, एजेण्डा के ?

    माओवादीले बोलायो केन्द्रीय समितिको बैठक, एजेण्डा के ?

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ। नेकपा माओवादी केन्द्रले आगामी साउन २० गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

    माओवादीले पार्टीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न यही साउन २० गते केन्द्रीय समिति बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पार्टीले त्यो भन्दा अगाडि साउन १७ गते केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्न स्थायी समितिको बैठक समेत बोलाएको छ।



    आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सत्ता स्थायी समिति बैठकले गठबन्धनमा सामेल दलका भावनाअनुसार न्यूनतम साझा कार्यक्रम बनाएर सरकारलाई प्रभावकारी बनाउन निर्णय गरेको र सरकारमार्फत त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताए।



    ‘गठबन्धनको सरकार न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न आह्वान गरेको छ र कार्यदलका सदस्यलाई निर्देशन दिएको छ’, उनले भने ।

    आजको बैठकमा सरकारमा सहभागी हुनेबारेमा कुनै छलफल नभएको उनले बताए । सरकारमा सहभागी हुने विषयमा गठबन्धनमा सामेल अन्य दलसँग छलफल भइरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार