Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बैठकमा नआएपछि रावललाई फकाउन टोखा पुगे नेपाल

    बैठकमा नआएपछि रावललाई फकाउन टोखा पुगे नेपाल

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । विवादका कारण नेकपा एमालेभित्र दुइ खेमा हुँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका उपाध्यक्ष भीम रावल अन्ततः नेपाल पक्षको बैठकमा पनि सहभागी नभएपछि नेपालले घरमै पुगेर फकाउने प्रयास गरेका छन् ।

    बुधबार बसेको आफूपक्षीय स्थायी कमिटीको बैठकमा सहभागी नभएपछि नेता नेपाल रावललाई भेट्न टोखास्थित उनको निवास पुगेका हुन।



    टोखा पुगेका नेता नेपालले सांसदबाट दिएको राजीनामा फिर्ता लिएर आफूलाई साथ दिन आग्रह गरेको स्रोतले जनायो।



    एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलमा नेपाल पक्षका संयोजक रहेका रावल पछिल्लो समय एमालेका दुवै पक्षसँग असन्तुष्ट देखिएका छन्।

    यसअघि अध्यक्ष केपी शर्मा ओलीले पनि राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

    पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग निकट देखिएका रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदबाटै राजीनामा घोषणा गरेका छन्।उनको राजी नामा भने स्वीकृत भइसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार