Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • होण्डा GRAZIA अब BSVI मोडलमा

    होण्डा GRAZIA अब BSVI मोडलमा

    अनलाइन नेपाल
  • बुधबार, ६ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि लिमिटेडले नेपाली बजारमा होण्डा Grazia को BSVI मोडललाई लन्च गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गरी आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ BSVI मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको पनि जनाएको छ ।

    १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचर अन्तर्गत तपाईंहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । होण्डाको PGM- FI  (प्रोग्राम फ्यूल इन्जेक्टर) टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ ।



    Grazia को यस नयाँ BSVI DLX मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि Idiling Stop रहेको छ भने नयाँ BSVI STD मोडलमा इन्जिन Start/Stop Switch रहेको छ । यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, ACG सहितको साइलेन्ट स्टार्ट, ESP टेक्नोलोजीको साथ HET इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेको छ । नेपाली बजारमा Grazia BSVI DRS मोडलको मूल्य रु.२,६९,९०० रहेको र Grazia BSVI DSS मोडलको मूल्य रु.२,८९,९०० रहेको विज्ञप्तिमा उल्लेख छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार