Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस सांसद अमरेश सिंहले दिए राजीनामा

    कांग्रेस सांसद अमरेश सिंहले दिए राजीनामा

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राजीनामा दिएका छन् ।

    सांसद चौधरीले बुधबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको विवादलाई लिएर असन्तुष्ट सिंहले प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।



    उनले पार्टीको प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।



    ‘पार्टीलाई आफ्नो काबुमा राख्ने निहित उद्देश्यबाट प्रेरित भइ नेतृत्व तहकै नेताबाट गैरजिम्मेवार व्यवहार प्रस्तुत हुँदा आम निष्ठावान् कार्यकर्तामा निराशा बढेको र प्रदेशमा कांग्रेस पार्टीको स्थिति खस्केको उनको भनाइ छ ।

    सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार