Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आठ लाख डोज खोप आज चीनबाट ल्याइँदै

    आठ लाख डोज खोप आज चीनबाट ल्याइँदै

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.9K
    SHARES

    काठमाडौँ । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ ।

    खोप ल्याउन बुधबार नेपाल वायु सेवा निगमको जहाज चीन उडेको थियो । सो जहाज आज दिउँसो काठमाडौँ पुग्ने छ ।



    आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । यस्तै शनिबार र आइतबार पनि जहाज खोप ल्याउन चीन जाने छ । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो ।



    चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ । केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै कोरोना विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन् ।

    जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो । यो खोप वैज्ञानिक हिसाबले एक डोज मात्रै लगाउँदा पुग्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार