Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सो बैठक आज पनि बस्न लागेको हो । तीन दिनदेखि बैठक जारी छ । एमालेको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।



    बुधबारको बैठकमा पार्टी अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका थिए । उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको बताए ।



    पार्टी नीतिविपरीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने बताइएको छ ।

    आजै ओली र नेपालबीच वार्ता हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार