Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चितवनमा युवकको शव फेला, घट्नास्थलमा गोलीको खोका भेटियो

    चितवनमा युवकको शव फेला, घट्नास्थलमा गोलीको खोका भेटियो

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    चितवन । चितवनमा एक युवकको शव फेला परेको छ ।

    भरतपुर महानगरपालिका १७ स्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा युवकको शव फेला परेको हो । शव पानीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् ।



    अहिले प्रहरी घट्नास्थलमा पुगेको छ । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको छ ।



    एक थान गोलीको खोका समेत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार