Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतमा म्यूकोर्माइकोसिस

    कोभिडका बिरामीमा ‘कालो ढुसी’को प्रकोप, कम्तीमा ४,३०० जनाको मृत्यु

    कोभिडका बिरामीमा ‘कालो ढुसी’को प्रकोप, कम्तीमा ४,३०० जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.6K
    SHARES

    एजेन्सी। कोभिड-१९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने ‘कालो ढुसी’ बाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृत्यु भएको छ।

    भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५,३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएका छन्।



    समाचार एजेन्सी बीबीसीका अनुसार यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ र बिस्तारै सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने गर्दछ।



    ढुसी अहिले प्रायः कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखा पर्छ। स्वास्थ्यमन्त्री मांडवियाका अनुसार सङ्क्रमण भएकामध्ये झन्डै आधाले अझै उपचार गराइरहेका छन्।

    चिकित्सकहरूका अनुसार यो रोगविरुद्ध एन्टी-फङ्गल इन्जेक्शन (सुई) मात्रै प्रभावकारी देखिएको छ।

    सबैभन्दा बढी प्रभाव महाराष्ट्र र गुजरात राज्यमा देखिएको छ। त्यहाँ म्यूकोर्माइकोसिसबाट १,७८५ जनाको मृत्यु भएको छ।

    चिकित्सकहरूका अनुसार धेरै बिरामीहरूको अस्पताल पुग्नुअघि नै मृत्यु भएको छ र उपचार भएका अनि निको भएका कैयौँ बिरामीमा सङ्क्रमण फर्किएको पाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार