Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • टोकियो ओलम्पिक : १२७ औँ स्थानकी सोनियाले ९ औं स्थानकी इरिनासँग खेल्ने

    टोकियो ओलम्पिक : १२७ औँ स्थानकी सोनियाले ९ औं स्थानकी इरिनासँग खेल्ने

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फको पहिलो चरणको खेलमा नेपालकी सोनिया भट्टले रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन्।

    ओलम्पिकले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार ४८ केजी तौल समूहमा सोनियाको भेट इरिनासँग हुने पक्का भएको हो । यी दुईबीच २४ जुलाईमा प्रतिस्पर्धा हुनेछ।



    इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन्। सोनिया भने विश्व वरीयतामा १ सय २७औं स्थानमा छिन् । उनले नेपालमा डेढ वर्ष अगाडि आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेकी थिइन्।



    उनी वाइल्डकार्डमार्फत् ओलम्पिकमा छनोट भएकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार