Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बाबुराम भट्टराई ट्वीट प्रकरण : विश्व हिन्दू परिषद नेपालद्वारा पुत्ला दहन (तस्बिरहरु)

    बाबुराम भट्टराई ट्वीट प्रकरण : विश्व हिन्दू परिषद नेपालद्वारा पुत्ला दहन (तस्बिरहरु)

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2.7K
    SHARES

    आर एन यादव / राजविराज । हिन्दू धर्म संस्कृतिको विरोध गरेको भन्दै बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पुत्ला जलाइएको छ ।

    भारत युपिका मुख्यमन्त्री योगी आतित्यनाथ विरुद्ध अभद्र टिप्पणी गरेको भन्दै विश्व हिन्दु परिषद नेपालले पुर्वप्रधानमन्त्री भट्टराईको परिषदका स्वयंसेवकहरुले सप्तरीको सदरमुकाम राजविराजमा भट्टराईको पुत्ला दहन गरेका हुन्  ।



    परिषदका सदस्य तथा स्वयंसेवकहरुले भट्टराईको पुत्लालाई नगर परिक्रमा गराउँदै राजविराजको दशन चोकमा पुत्ला दहन गरेका थिए ।



    योगी आदित्यनाथले गंगा नदीमा दुध प्रवाह गरेको विषयललाई लिएर डा. भट्टराईले समाजिक संजालमा अपशब्द लेखेको विषयलाई लिएर परिषदले पुत्ला दहन गरेको सगरमाथाको सह इन्चार्ज जंग बहादुर सिंहले बताए ।

    यस्तै, धनुषामा पनि बिहीबार दिउँसो राष्ट्रीय एकता अभियानका अध्यक्ष विनय यादवको समेत उपस्थितिमा अभियानका जनकपुर संयोजक मनीष पुर्बे, सदस्य चन्द्र भानु साह, सरोज यादव र दीपेन्द्र साहको नेतृत्वमा पुत्ला दहन गरिएको राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहले जनाकारी दिईन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार