Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जसपा विवाद कायमै

    कार्यकारिणी सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन निर्वाचन आयोगको आदेश

    कार्यकारिणी सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन निर्वाचन आयोगको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2K
    SHARES

    काठमाडौं। निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी सदस्यहरूका नाममा आदेश जारी गरेको छ।

    जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचय पत्रको प्रतिलिपीसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन भनेको आयोगले जनाएको छ।



    आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो । इजलासले गत आइतबारदेखि जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो ।



    आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने  जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार