Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • इक्वेडरका दुई जेलमा दङ्गा : कम्तीमा ८ जनाको मृत्यु

    इक्वेडरका दुई जेलमा दङ्गा : कम्तीमा ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । इक्वेडरको दुई जेलमा भएका दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उक्त घटनामा अन्य २० जना घाइते भएका बताइएको छ । घाइतेहरुमा तीन प्रहरी अधिकारी रहेका जनाइएको छ ।

    दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा भएका हिंसामा आठ कैदी मारिए र दुई प्रहरी अधिकारी घाइते भएका छन् । एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको उक्त झडपमा करिब २० मानिस घाइते भएको एसएनएआई जेलका व्यवस्थापन टोलीले पुष्टि गरेका छन् ।



    इक्वेडरमा यसपहिले गत फेब्रुअरीमा पनि दुई जेलमा हिंसात्मक दङ्गा भएका थिए । देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो।



    इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले यहाँ सधै समस्या हुने गरेको पाइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार