Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना खोप किन्न नेपाललाई एडीबीको २० अर्ब ऋण

    कोरोना खोप किन्न नेपाललाई एडीबीको २० अर्ब ऋण

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोना खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने भएको छ ।

    एडीबीले बिहीबार विज्ञप्ती जारी गर्दै सन् २०२० डिसेम्बरको निर्णय अनुसार नेपाललाई कोरोनाविरुद्धको खोप किन्न उक्त रकम दिने घोषणा गरेको हो । साथै यो ऋणले नेपालको कोरोना खोप अभियान संचालन र आपूर्ति प्रणालीमा सहयोग पुग्ने पनि एडीबीले विश्वास लिएको छ ।



    यसबाट अनुमानित १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने एडीबीले जनाएको छ । एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले निकै आवश्यक परेको कोरोना खोप किन्दै आफ्ना नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।



    यसअघि एडबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो । यो सन् २०२० डिसेम्बरको निर्णय हो । सोही अन्तर्गत नेपालले समेत यो सहयोग पाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार