Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एसएसपी सौरभ राणा डिआईजीमा बढुवा सिफारिस

    एसएसपी सौरभ राणा डिआईजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 3.6K
    SHARES

    काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई डिआईजी पदमा बढुवा गर्नका लागि सिफारिस गरेको छ ।

    गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले सिनियर व्याचका एसएसपी  राणालाई डिआईजीमा  बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।



    राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन् ।



    जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

    राणा  आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । सहकुलबहादुर थापा एआईजीमा बढुवा भएपछि रिक्त रहेको  पदमा राणाको बढुवा सिफारिस भएको हो ।

    तर, आईजीपी क्षेत्रीली आफ्ना ब्याजी राणालाई अन्तिममा भए पनि बढुवा गरेर न्याय गरेका छन् ।

    एसएसपीबाट डिआईजीमा बढुवासँगै अब तल्लो तहका प्रहरी अधिकारीहरुको पनि एक दुई दिन भित्रमै बढुवा हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार