Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • …त्यो बादललाई हटाएर अगाडि बढ्नुपर्छ : माधव नेपाल

    …त्यो बादललाई हटाएर अगाडि बढ्नुपर्छ : माधव नेपाल

    'झन्डै दुई तिहाईको सरकार अहिले कहाँ पुग्यो फर्केर हेरे हुन्छ'

    अनलाइन नेपाल
  • बिहिबार, ७ साउन २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी नेतृत्वको हुने बताएका छन् ।

    आज भक्तपुरको सूर्यविनायकमा नेपाल पक्षको युवा सङ्घ नेपाल केन्द्रीय कमिटीले आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा पिपुल्स भोलियन्टर घोषणा कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनमा अहिले कालो बादल मडारिएको बताए ।



    नेता नेपालले भने, ‘अहिले कालो बादल मडारिएको छ, त्यो बादललाई हटाएर अगाडि बढ्नुपर्छ ।’



    असल उत्तराधिकारी युवाबाटै जन्मनुपर्छ भन्दै नेता नेपालले जस्तोसुकै परिस्थितिमा पनि मैदान छाडेर भाग्न हुँदैन भन्ने पढेको र सिकेको बताए । पार्टीभित्र भएका गल्ति कमीकमजोरीलाई समीक्षा गर्दै आत्मालोचना गर्दै लागेको धुलो टकटक्याउँदै फेरि उठेर जनताको माझ जानुपर्छ भन्दै उनले जनताले फेरि कम्युनिष्टलाई सत्ताको नेतृत्वमा पुर्याउने दाबी गरे ।

    यस्तै, आज नेता नेपालले शिव श्रेष्ठको नेतृत्वमा एक हजार एक पिपुल्स भोलियन्टर घोषणा गर्दै जनताको मन जित्ने गरी काम गर्न, इमान्दारी, समर्पण, निष्ठा, संकल्प र देश तथा जनताको लागि काम गर्न निर्देशन दिएका छन् ।

    यता एमालेकै स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीमा सम्मानजनक एकता चाहिने बताए । उनले नेतृत्वले एकताको वातावरण बनाउनुपर्नेमा जोड दिए । दुई तिहाई नजिकको सरकार र यति ठूलो पार्टी अहिले कहाँ पुग्यो फर्केर हेरे हुन्छ भन्दै नेता पन्तले भने, ‘लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउन बाध्य भएर शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेका हौँ, हामीले नै माधव नेपाललाई त्यसो गर्न भनेका हौँ, त्यसको जिम्मा हाम्रो टिमले लिन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार