Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रदेश १, लुम्बिनी र वाग्मती प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौँ । देशभर आज पनि बदली रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशमा अत्यधिक वर्षाको वर्षाको सम्भावना रहेको छ । राति पनि यस्तै मौसमी प्रणाली रहने पूर्वानुमान छ।

राति सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ।

नदी नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077