Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भीम रावलले राजीनामा फिर्ता लिने

    भीम रावलले राजीनामा फिर्ता लिने

    अनलाइन नेपाल
  • शुक्रबार, ८ साउन २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । सांसद पदबाट राजीनामा दिएका एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिने भएका छन्।

    असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए। देउवालाई विश्वासको मत दिने नदिनेबारे माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए ।



    रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। नेता नेपालले बिहीबार रावलनिवास टोखा पुगेर राजीनामा फिर्ताका लागि आग्रह गरेका थिए।



    रावलले नेता नेपाललाई राजीनामा फिर्ता लिने जानकारी गराएको श्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार